Sunday, December 12, 2010

HBK Nirab: Hamro Nepali महिला ko chinari....

HBK Nirab: Hamro Nepali महिला ko chinari....: "बीर अस्पतालको मृगौला प्रत्यारोपण सेवा अन्तर्गत श्रीमतीले आफ्नो पतिलाई विना हिच्किचाहट मृगौला दान दिने गरे पनि हाल सम्म एक जना श्रीमानले समेत..."

Hamro Nepali महिला ko chinari....

बीर अस्पतालको मृगौला प्रत्यारोपण सेवा अन्तर्गत श्रीमतीले आफ्नो पतिलाई विना हिच्किचाहट मृगौला दान दिने गरे पनि हाल सम्म एक जना श्रीमानले समेत आफनो श्रीमतीलाई मृगौला दान दिएका छैनन्। मृगौला दान दिनेमा पुरुषको दाजोमा महिलाहरु तेव्वर रहेका छन् ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, बीर अस्पतालको दुई वर्ष अघि शुरु भएको मृगौला प्रत्यारोपन सेवाको तथ्याङ्क मा यो देखिएको हो । दुई वर्ष यता त्यहा ३९ जनाले मृगौला प्रत्यारोपण गराएका हुन । यस मध्ये ९२ दशमलव ३ प्रतिसत पुरुष र ७ दशमलव ७ प्रतिसत महिला रहेकी छिन् ।
'मृगौला दान दिनेमा भने ७४ प्रतिसत महिला र २६ प्रतिसत पुरुष छन', बीरका मृगौला प्रत्यारोपण विशेषज्ञ डा.पुकार चन्द श्रेष्ठ भन्-न-'यहाँ समेत लैङ्गकि भेदभाव देखिने गरिएको छ ।'
दुई वर्ष चार महिना देखि मृगौला प्रत्यारोपन हुदै आएको त्रिवि शिक्षण अस्पतालको तथ्याङ्क समेत उत्साह प्रद छैन । हाल सम्म ६२ जनाको प्रत्यारोपन भएको शिक्षण अस्पतालमा ४१ जना महिला र २१ जना पुरुष मृगौला दाता रहेका छन । शिक्षणका मृगौला रोग विशेषज्ञ डा.दिव्य सिंह शाहका अनुसार शिक्षणमा प्रत्यारोपण गराएकाहरु मध्ये हाल सम्म तीन जना पुरुषले आफ्नो श्रीमतीलाई मृगौला दान दिएका छन् ।
'सवै भन्दा बढी आमाले छोरोलाई त्यस पछि श्रीमतीले श्रीमानलाई मृगौला दान दिएको हाम्रो तथ्याङ्कमा छ', डा.शाहका अनुसार हाल सम्म शिक्षणमा १३ जना महिला र ४९ जना पुरुषले प्रत्यारोपण गराएका हुन ।
मुलुक वाहिर अर्थात भारतवाट प्रत्यारोपण गराउनेमा महिला र पुरुषको संख्या उस्ता उस्तै देखिए पनि नेपालमा भने महिला ले प्रत्यारोपण गराउने क्रम एकदमै कम देखिएको डा.शाह बताउछिन् ।
'समाजमा रहेको लैङ्गकि पुर्वाग्रहको यो मानसिक प्रभाव हो', श्रीमानलाई श्रीमतीले मृगौला दान गर्ने तर श्रीमान दान गर्न हच्किने प्रवृत्तिलाई औल्याउँदै डा.भुपेन्द्र वस्नेत भन्छन्, 'यसलाई निरुत्साहित गर्नु पर्छ ।'
मुलुकमा करिव २८ लाख मृगौलाका रोगीहरु छन । यस मध्ये वर्षेकी दुइ हजार आठ सयको मृगौला काम न लाग्ने हुन्छ । उनीहरुलाई डायलासिस वा प्रत्यारोपन गराएर वाच्नु पर्ने हुन्छ ।